फ्रिस्टाइल फुटबल ब्याटलमा रुविन च्याम्पियन
फुटबलतर्फ उद्घाटन खेलमा डकहाउस रेड विजयी
पाेखरा | कात्तिक ९, २०८१
पोखरा: महानगरपालिका–२५ हेमजास्थित अम्मटमा भएको फ्रिस्टाइल फुटबल ब्याटलमा रुविन श्रेष्ठ च्याम्पियन बनेका छन् ।
‘बिच एण्ड फिस फेस्टिभल २०८१ भएको ब्याटलको फाइनलमा उनले उमित वर्मालाई पराजित गर्दै रुविन श्रेष्ठ च्याम्पियन बनेका हुन् ।
सो ब्याटलमा काठमाडौं, म्याग्दी, विराटनगर लगायतको स्थानबाट खेलाडी सहभागिता रहेको आयोजक संस्था आर.एस.बिच क्लबका अध्यक्ष रमेश कार्कीले जानकारी दिए ।
उनलाई समापन समारोहकाबीच पुरस्कृत गरिने बताए । ‘पुरस्कार वितरण अब समापन समारोहको अवसरमा प्रदान गर्नेछौं । फ्रिस्टालको वान भर्सेस वानको ब्याटल अझै बाँकी छ । उक्त खेल शनिबार हुनेछ ।’ उनले भने ।
उनका अनुसार फ्रिस्टाइल फुटबल ब्याटलका विजेता रुविनले १० हजारसहित बन्जी प्याकेज र उपविजेता उमितले नगद रु ५ हजार प्राप्त गर्नेछन् ।

यस्तै खुला फाइभ ए साइट फुटबलतर्फ उद्घाटन खेलमा डकहाउस रेडले विजयी सुरुवात गरेको छ ।
आयोजक आरएस ब्लुलाई १२–६ गोल अन्तरले पराजित गर्दै डकहाउस दोस्रो चरणमा प्रवेश गरेको क्लबका अध्यक्ष कार्कीले जानकारी दिए ।
उनका अनुसार कुल ३१ टिमको सहभागिता रहेको सो प्रतियोगिताको बाँकी खेलहरु शनिबार सञ्चालन गरिनेछ ।

उपाधि विजेताले ५० हजार र उपविजेताले २५ हजार पुरस्कारसहित प्राप्त गर्नेछन् ।
यस्तै सर्वोत्कृष्ट खेलाडी, गोलकिपर, डिफेण्डर र सर्वाधिक गोलकर्तालाई नगद राशीबाट पुरस्कृत गरिने उनले बताए ।
यस्तै ‘बिच एण्ड फिस फेस्टिभल २०८१ को समापनको दिन घोडा दौड र बल्छी हान्ने प्रतियोगिता समेत आयोजना गरिने अयाोजकले जनाएको छ ।

पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

